IME Life

कोरोनाबाट एकैदिन इटालीमा ९६९, स्पेन ७७३ र अमेरिकामा ४०० को मृत्यु, कूल संक्रमित छ लाख नजिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत डिसेम्वरको अन्तिम सातादेखि चीनको वुहानमा देखिएको कोरोना भाइरसले यतिबेला विश्वलाई नै स्तब्ध पारेको छ । एक दिनमा तीन हजार २०० भन्दा बढिको मृत्यु भएको छ भने दैनिक ६० हजार भन्दा बढि नयाँ संक्रमितहरु थपिइरहेका छन् । विश्वभर मृत्यु हुनेको संख्या २७ हजार ३४३ पुगेको छ ।

कोरोनाबाट पछिल्लो समय इटाली, स्पेन र अमेरिका नराम्ररी प्रभावित भएका छन् । मृत्युदरको आधारमा इटाली पहिलो नम्वरमै छ भने दैनिक फैलिने क्रमको आधारमा अमेरिका पहिलो नम्वरमा रहेको छ । अमेरिकामा पछिल्लो दिन झण्डै १९ हजार जनामा कोरोनाको संक्रमण देखिएको छ भने एकै दिन चार सय जनाले ज्यान गुमाएका छन् ।

Prabhu
Crest

उता, इटालीका अवस्था झनै भयावह छ । पछिल्लो दिन छ हजार भन्दा बढि नयाँ संक्रमति भेटिएको छ भने पछिल्लो दिन ९६९ जनाको ज्यान गुमाएका छन् । इटालीमा हालसम्म कोरोना रोगको उपचार गर्ने ४६ जना चिकित्सकको मृत्यु भएको छ ।

त्यस्तै युरोपको अर्को देश स्पेन पनि कोरोनाबाट नराम्ररी प्रभावित भएको छ । पछिल्लो दिन ७७३ जनाको मृत्यु भएको छ भने त्यहाँ आठ हजार नयाँ रोगी भेटिएको छ ।

उद्गमस्थल चीनमा कोरोनाको प्रभाव धेरै घटे पनि अझै त्यहाँ नियन्त्रणमा आइसक्यो भन्ने स्थिति देखिदैन । सोही कारण चीनले विदेशी पर्यटकलाई प्रतिबन्ध लगाएको छ ।

छिमेकी मुलुक भारतमा पनि कोरोनाको प्रभाव बढिरहेको छ । हिजो एकै दिन ७६ जना नयाँ संक्रमित फेला परेका छन् । यद्यपि भारतले पूर्ण रुपमा लकडाउन गरेर कोरोनाको संक्रमण रोक्न पहल गरिरहेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २.२ ट्रिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ २६० खर्बको राहत प्याकेज घोषणा गरेका छन् । नेपालको कूल बजेट १२ खर्ब हाराहारी हुने गर्दछ । अमेरिकाको इतिहासमै अहिलेसम्मको ठूलो राहत प्याकेजमा ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS