काठमाडौं । नेपालमा चौथो कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. विकास देवकोटाले धनगढीमा कोरोना संक्रमित व्यक्ति फेला परेको पुष्टि गरेका छन् ।
उनी भारतबाट आएर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन् । उनको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी नेपालभित्र फेला परेका चौथो कोरोना रोगी हुन् । मन्त्रालयका अनुसार संक्रमति व्यक्ति ३४ वर्षका पुरुष रहेको र उनको घर समेत सुदुरपश्चि क्षेत्र रहेको छ ।
गत चैत्र ११ गतेदेखि क्वारेन्टाईनमा बसेका उनको रगतको नमुना शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज फेला चौथो संक्रमित उपत्यका भन्दा बाहिर भेटिएको पहिलो कोरोना भाइरस संक्रमित हुन् ।