IME Life

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राणघातक कोराना भाइरसका विरुद्धमा लडिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन नै कोरानो भाइरसको सिकार हुन पुगेका छन् । ५५ बर्षिय प्रधानमन्त्री जोन्सन विरामी भएपछि परिक्षणको क्रममा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पाइएको हो ।

बेलायती समाचार संस्था डेलिमेलका अनुसार उनले संक्रमित अवस्थाबाटै कोरोनाविरुद्धको लडाई जारी राखेको जनाईएको छ । उनमा मध्यमस्तरको संकेतहरु देखिएको जनाइएको छ ।

Prabhu
Crest

बेलायती प्रधानमन्त्री जोन्सनले आफूमा मध्यमस्तरको संकेतहरु देखिएपछि परिक्षण गरिएको र उक्त परिक्षणको कोरोना पुष्टि भएको जनाएका छन् । साथै उनले आफू अहिले सेल्फ आईसोलेशनमा घरैमा बसेर कोरोनाविरुद्धका लडाईको नेतृत्व गरिरहेको बताएका छन् ।

प्रधानमन्त्रीलाई नै कोरोना भएपछि बेलायत उच्च अधिकारीहरुमा पनि कोरोना फैलिएको आशंकामा आतंक मच्चिएको छ । मानिसबाट सजिलै सर्ने कोरोनाले यसअघि स्पेन र क्यानाडाका प्रधानमन्त्रीकी श्रीमतीहरुलाई कोरोना पोजेटिभ देखिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS