IME Life

कोरोना भाइरसको उपचार गर्ने स्वास्थ्यकर्मीलाई ५० लाखको बीमा गर्न सांसद यादवको माग

SPIL
NIC ASIA new
Sanima Reliance

वीरगञ्ज । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना रोगको उपचारमा खटिएका स्वास्थ्यकर्मीको कम्तीमा ५० लाखको बीमा गर्न संघीय समाजवादी पार्टीका सांसद प्रदीप यादवले माग गरेका छन् ।

शुक्रबार एक बक्तव्य प्रकाशि गर्दै प्रतिनिधिसभाका सांसद यादवले कोरोना भाइरस (कोभिड(१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० लाख रुपैयाँसम्मको बीमा गर्न नेपाल सरकार समक्ष माग गरेका हुन् । सांसद यादवले कोरोना भाइरस विरुद्ध दिनरात नभनी काममा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्न त्यस्तो माग गरेको बक्तव्यमा जनाएका छन् ।

Prabhu
Crest

साथै सांसद यादवले सरकारले चिकित्सकहरुलाई पिपिई समेत उपलब्ध गराउन नसकेको सन्दर्भमा स्वास्थ्यकर्मीहरुलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसारको सुरक्षित पहिरन उपलब्ध गराउन समेत माग गरेका छन् । त्यसैगरी, सांसद यादवलेले सरकारलाई शहरका ठूला अस्पतालदेखि गाउँघरका स्वास्थ्य संस्थासम्ममा मास्क, सेनिटाइजर र सुरक्षित पोशाकहरु उपलब्ध गराउन आग्रह गरेका छन् ।

सांसद यादवले बीमाको माग गरेपनि महामारी घोषणा भइसकेको कोरोना भाइरसविरुद्धमा बीमा गर्न अव सम्भव छैन । महामारीमा हुने कुनै प्रकारको क्षति बीमा कम्पनी नव्यहोर्ने विश्वव्यापी प्रचलन छ । बीमाको सिद्धान्तले समेत आम विनाशकारी महामारीमा बीमा गर्ने अनुमति दिँदैन । हाल विश्वका सबै बीमा कम्पनीहरुले कोरोनाको बीमा अस्वीकार गर्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS