काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लक डाउनको समयमा समेत बीमितलाई बीमा सेवा दिन इमेल सार्वजनिक गरेको छ । कम्पनीले डिजिटल कार्यालय सञ्चालन गरेको भएपनि सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले इमेलमार्फत बीमा नविकरण गर्न आग्रह गरेको हो ।
कम्पनीले कोरोना महामारीको समयमा इमेलको माध्यमबाट प्राप्त लिखित अनुरोधको आधारमा बीमालेख नविकरण हुने जनाएको छ । शुक्ररबार नयाँ सूचना जारी गर्दै कम्पनीले लक डाउन अविधिभर विद्युतिय माध्यमको कामबाट सेवा लिन आग्रह गरेको हो । साथै कम्पनीले यसअघि सञ्चालन गरेको डिजिटल कार्यालय बन्द गरेको हो वा सञ्चालनमै छ भन्ने सम्बन्धमा आज प्रकाशित सूचनामा केही प्रष्ट पारेको छैन ।