Connect IPS
IME Life

फागुन मसान्तसम्म १९ जीवन बीमा कम्पनीले गरे ६० अर्ब बीमाशुल्क संकलन, नेपाल लाईफ सबैभन्दा अगाडि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७६/०७७ को फागुन मसान्तसम्ममा कुल बीमाशुल्क आर्जन मार्फत ६० अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

चालु आर्थिक बर्ष २०७६/०७७ को फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क मार्फत २० अर्ब ५६ करोड रुपैयाँ, नविकरण बीमाशुल्क आर्जनबाट ३९ करोड ३६ लाख रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्क आर्जनबाट १ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

Prabhu
Crest

बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुमध्ये चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा १८ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेका छ । कम्पनीले फागुन मसान्तसम्ममा ९ अर्ब ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा ६ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेशनल लाइफ इन्स्योरेन्सले ५ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नयाँमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नयाँ कम्पनी भएपनि पूराना कम्पनीहरुलाई उछिन्दै कम्पनीले फागुन मसान्तसम्ममा कम्पनीले ३ अर्ब १० करोड रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, एशियन लाइफले २ अर्ब ९९ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब १० करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब १ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ९४ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब २९ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब २३ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

ज्योति लाइफले १ अर्ब ४ करोड रुपैयाँ, आइएमई लाइफले ८४ करोड रुपैयाँ सन नेपाल लाइफले ८३ करोड रुपैयाँ, रिलायन्स लाइफले ७१ करोड रुपैयाँ, प्रभु लाइफले ४९ करोड रुपैयाँ, सानिमा लाइफले ५५ करोड रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS