Connect IPS
IME Life

लकडाउनमा खुल्छन् बैंकका यी शाखा (सूचना सहित) 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाको महामारीको कारणल बैंकहरुले केहि सिमित मात्रामा मात्र शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकहरुले लक डाउनको समयमा पनि केहि शाखा कार्यालय मार्फत ग्राहकहरुलाई सेवा दिएका छन् । बैंकले आफनो वेवसाइटमा संचालनमा रहने शाखा र सम्बन्धित कर्मचारीको नाम र फोन नम्बर र अन्य विवरण राखेको छ ।
बैंकहरुले आफना ग्राहकहरुलाई एटीएम, मोबाइल र इन्टरनेट बैंकिङ कारोबार गर्न र सकेसम्म बैंकमा नआउन आग्रह गरेको छ ।
बैंकको कुन कार्यालय शाखा खुल्छ र कस्लाई सम्पर्क गर्ने त ? (सूचना सहित) 

प्रभु बैंक
प्रभु बैंकले काठमाडौं उपत्यका भित्र बबरमहलस्थित बैंकको मुख्य कार्यालयल , ललितपुरको जावलाखेल र भक्तपुरको कैशलटारमा शाखा कार्यालय खुल्ला गरेको छ । त्यस्तै उपत्यका बाहिर भने स्थानीय प्रशासनले खोल्न दिएको ठाँउ मार्फत ग्राहकहरुलाई सुविधा दिइरहको बैंकले जनाएकाृे छ । साथै बैंकले आज दिउँसोसम्ममा वेवसाइडमा खुल्ने शाखा, कर्मचारीहरुको नाम र सम्पर्क नम्बर राख्ने जनाएको छ ।

Prabhu
Crest

माछापुच्छे बैंक
माछापुच्छ्रे बैंकले सातै प्रदेशका १२ वटा शाखा संचालन गर्ने भएको छ । बैंकले ११ बजेदखि २ बजेसम्म कार्यालय खुल्ला रहने जनाएको छ । आफ्नो वेव साइट मार्फत बैंकले शाखा कार्यलयको नाम र कर्मचारीहरुको नामवाली समेत राखेको छ ।

सानिमा बैंक
सानिमा बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यलयहरुका लागी जम्मा ७९ जना कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकले उपत्यकाभित्र भत्तपुर, कौशलटार, थापाथली, पुल्चोक र कमलादी शाखा खोल्ने भएको छ । बैंकले उपत्यका बाहिर खुल्ने शाखा, सम्पर्क व्यक्ति र फोन नम्बरको ववरण आफनो वेवसाइटम राखेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले कान्तिपथ ब्राञ्च मात्रै संचालनमा ल्याएको छ । अन्य ठाउँमा पैसा निकाल्नु परेमा हामीलाई सम्पर्क नम्बर दिनु हामी आफैं फोन गरेर बोलाउँछौं । उपत्यका बाहिर भने सम्बन्धित प्रदेशका प्रमुखहरुलाई स्थानीय प्रशासनका अनुसार नै शाखा कार्यालय संचालन गरिरहेको बैंकले जनाएको छ ।

सिटिजन बैंक

सिटिजन्स बैंकले पनि खुल्ने शाखा, सम्पर्क व्यक्ति र कर्मचारीकोे फोन नम्बर बैकको वेवसाइटमा राखेको छ ।

एनएमबी बैंक

एनबी बैंकले खुल्ने शाखा, सम्पर्क व्यक्ति र फोन नम्बर वेवसाइडमार्फत सार्वजनिक राखेको छ ।

सनराइज बैंक
सनराइज बैंकले भिसा र डेबिट कार्ड, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवा सपोर्टका लागि उपत्यक भित्र र बाहिरका बैंकले खुल्ने शाखा, सम्पर्क व्यक्ति र फोन नम्बर वेवसाइडमार्फत सार्वजनिक राखेको छ । साथै, एटीएम बुथ नभएका शाखामा कार्यालय खोल्ने बैंकले जनाएको छ ।

मेगा बैंक
मेगा बैंकले सात वटै प्रदेश कार्यलयहरुमा केहि शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले उपत्यका भित्र र बाहिरका गरी २९ वटा शाखा कार्यलय खुल्ला रहने जनाएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इनभेष्टमेन्ट बैंकले उपत्यका भित्र दरबारमार्ग, लगनखेल र सिपाडोल शाखा कार्यलय र उपत्यका बाहिरका शाखा कार्यलयहरु खुल्ला रहने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको काठमाडौं उपत्यका भित्र रामशाहपथ स्थित कर्पोरेट कार्यालय र सिंहदरबारभित्रका केहि शाखा संचालनमा ल्याएको छ । उपत्यका बाहिर भने स्थानीय प्रशासनको आदेश अनुसार शाखा कार्यालय संचालनमा ल्याएको बैंकले जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले काठमाडौं उपत्यका भित्र नयाँ बानेश्वर शाखा संचालनमा ल्याएको छ । बैंकले जम्मा गर्न र झिन्ने प्रयोजनमा आउने ग्राहकलाई सेवा दिने गरी कार्यलय खोल्ने सुचना जारी गरेको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले उपत्यका भित्र र बाहिरका केहि शाखा कार्यलयहरु मात्र संचालनमा ल्याएको छ । बैंकले तोकेको शाखा कार्यलयबाट ती कर्मचारीले बिहान ११ बजे साँझ पाँच बजेसम्म सेवाग्राहीले बैंकको सेवा सम्बन्धी जानकारीको लागि सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले काठमाडौंको मुख्य कार्यालय, होटौडा र अन्य उपत्यका बाहिरको केहि शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले चैत १३ र १४ गते दुई दिनका लागि बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS