Connect IPS
IME Life

जीवन बीमक संघको बैठक सम्पन्न, टेलिफोन र इमेलबाटै समस्या हल गर्ने निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमक संघको बैठक आज विहान भिडियो कन्फ्रेन्सको माध्यमबाट सम्पन्न भएको छ । बैठकले बीमा सम्बद्ध कम्पनीहरुको कार्यालय खोल्ने निर्णय गरेको छैन । यद्यपि डिजिटल कार्यालयमार्फत बीमितको जस्तोसुकै काम टेलिफोन तथा इमेलमार्फत गर्ने निर्णय गरिएको छ ।

बैठकपछि जारी बिज्ञप्तिमा सबै बीमा कम्पनीहरुलाई सम्पर्क व्यक्ति तोकेर सूचना जारी गर्न आह्वान गरिएकोे छ । संघद्वारा आज जारी बक्तव्यमा बीमितले सम्बन्धित कम्पनीको सूचना हेरेर सम्पर्क व्यक्तिमार्फत बीमा कारोबार गर्न र आफ्ना परेका समस्याको हल गर्न आह्वान गरेको छ ।

Prabhu
Crest

बैठकले जीवन बीमक संघमा आबद्ध भएका २० वटै बीमा कम्पनीहरुको तर्फबाट संघका अध्यक्ष र शिवनाथ पाण्डे र सचिव पोषकराज पौडेलले सेवाग्राहीको गुनासो सुन्ने गरी हटलाईनको व्यवस्था गरिएको छ । कुनै बीमा कम्पनीहरुले बीमितको गुनासो नसुनेमा वा सुनेर पनि समस्या हल गर्ने चासो नदेखाएमा जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेको ९८५१०३५५९७ र सचिव पोषकराज पौडेलको ९८५१२२४८०६ मा सम्पर्क गर्न आह्वान गरएको छ ।

साथै संघले कोरोना भाइरसको कारण उत्पन्न भएको विषय परिस्थितिमा सबै जीवन बीमा सम्बद्ध कम्पनीहरुलाई बीमितको नजिक रही, नियमित सम्पर्क रहन आह्वान गर्दै भौतिक सम्पर्क न्यूनतम बनाउन पनि आह्वान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS