IME Life

टेलिकम, एनसेलमा रिचार्ज गर्दा दोब्बर व्यालेन्स पाइने, २०० रुपैयाँ सम्म सापटी सुविधा, सरकारले दियो यस्तो निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाको महामारीमा पौने दिन करोड नेपाली जनतालाई सेल्फ क्वारेन्टाईनमा राखेको सरकारले सूचना प्रविधिमा जनतालाई थप पहुँच दिन शतप्रतशत थप सुविधा उपलब्ध गराउन नेपाल टेलिकम, एनसेललगायतका दुरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गर्दा शतप्रतिशत बोनस दिन तथा ब्यालेन्स नभएको अवस्थामा पनि कम्तीमा २ सय रुपैयाँको टेलिफोन गर्न पाउने गरी सापटीको व्यवस्था गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest

महामारीविरुद्ध सिंगो देश लक डाउन गरेको पहिलो दिन बसेको नेपाल दुरसञ्चार प्राधिकरणको सञ्चालक समितिको बैठकले दुई वटा निर्णय गरेको प्रबक्ता मिन प्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार मोबाईल फोन रिचार्ज वा टपअप गर्दा शतप्रतिशत ब्यालेन्समा बोनस दिन सबै दुरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिइएको छ । त्यस्तै, यसअघि शुल्क लिएर उपलब्ध गराउँदै आएका सापटी सुविधा अब बिना शुल्क २०० रुपैयाँसम्म तत्कालैदेखि व्यवस्था गर्न नेपाल टेलिकम तथा एनसेललगायतका कम्पनीहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्राधिकरणका अनुसार भोेलिबाट नै यस्तो सुविधा उपभोक्ताले पाउने छन् । सोही बमोजिम निर्देशन दिइसकिएको प्राधिकरणले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS