IME Life

डिजिटल कार्यालय सञ्चालन गर्दै निर्जिवन बीमा कम्पनी, घरैमा बसेर बीमा गर्न सकिने (सूचनासहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारी विरुद्धमा युद्धमा होमिएको सरकारले आजदेखि चैत्र १८ गतेसम्म लकडाउन घोषणा गरेको छ । काठमाडौंसहित देशका मुख्य मुख्य शहरहरु सुनसान छ । बीमा कम्पनीहरुको भौति कार्यालय बन्द रहे पनि डिजिटल कार्यालय भने सुचारु राखेका छन् । लकडाउनकै बीचमा अधिकांश निर्जिवन बीमा कम्पनीहरु भने कार्यालय सञ्चालन नगरी डिजिटल माध्यमबाट चलिरहेका छन् ।

Prabhu
Crest

नेपाल इन्स्योरेन्सका नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले कार्यालयको गेटमा ताला लागेको भएपनि आफ्नो कम्पनीको कारोबार भइरहेको बताउँछन् । त्यस्तै युनाईटेड इन्स्योरेन्सको थापाथलीस्थित कार्यालय पूर्ण रुपमा बन्द छ, तर डिजिटल माध्यमबाट उक्त बीमा कम्पनीको कारोबार गर्न सकिने डेपुटी सिईओ रमेश कुमार भट्टराई बताउँछन् ।

त्यस्तै सगरमाथा इन्स्योरेन्स पनि डिजिटल रुपमा सञ्चालनमै छ भने सानिमा जनरल इन्स्योरेन्सले पनि डिजिटल कार्यालय खुल्ला रहेको सूचना सामाजिक सञ्जाल फेसबेकमा राखेको छ । अधिकांश निर्जिवन बीमा कम्पनीहरुले कर्मचारीहरुलाई घरैबाट काममा खटिन निर्देशन दिएको छ । साथै ति कम्पनीका सिईओलगायतका उच्च पदस्थ अधिकारीहरु पनि घरैमा बसेर काम गरिरहेको एक बीमा कम्पनीका सिईओले इन्स्योरेन्स खवरलाई जानकारी दिए । उनले भने, ‘देशमा यत्रो विपत्ति छ, बिदा मानेर घरमा बस्ने अवस्था छैन । घरभित्रै बसेपनि बीमाबारेमा अपडेट लिने, कसरी सेवाग्राहीसँग सम्पर्क स्थापित गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’

अधिकांश बीमा कम्पनीहरुले ४।५ जना नोडल अधिकृत तोकेरै डिजिटल कार्यालय सञ्चालन गरिएको छ । ति अधिकारीहरुलाई आफ्नै घरलाई कार्यालयमा रुपान्तरण गर्न लगाएर नियमित ग्राहकको सम्पर्कमा रहन र सन्देशहरु आदान प्रदान गर्दै आवश्यक समन्वय गर्न समेत निर्देशन दिइएको छ ।

यसैबीच, महालक्ष्मी लाईफ इन्स्योरेन्सले भने लकडाउनको अवधीमा कार्यालय बन्द हुने जनाएको छ । कम्पनीले अर्को सूचना जारी नहुँदासम्म कार्यालय बन्द गरिएको जनाएको छ । लकडाउनको अवधीमा बीमा व्यवसाय सञ्चालन गर्ने अवस्था नरहेको तथा कर्मचारी कार्यालयमा पुगेर खोल्ने अवस्था समेत नरहेकाले बन्द गरिएको जनाएको छ ।



 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS