काठमाडौं । वित्तीय क्षेत्रले सरकारलाई आर्थिक सहयोग गर्न थालेका छन् । यसैक्रममा नेपाल बैंकले १ करोड सहयोग गर्ने घोषणा गरेको छ । नेपाल बैंकले विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि मानवीय विपतको अबस्थालाई मध्यनजर गरी उक्त सहयोग गर्ने घोषणा गरेको हो ।
विपतको घडीमा देशमा कोरोनाको संक्रमण फैलन नदिन एवं रोकथाम र नियन्त्रण गर्न सरकारको पहलकदमीलाई साथ दिन उक्त सहयोग रकम घोषणा गरेको बैंकले जनाएको छ यसको रोकथाम तथा नियन्त्रणका लागि वित्तीय क्षेत्र तथा अन्य व्यक्ति तथा संघसंस्थाबाट हात खोलेर सहयोग गर्नुपर्ने आबश्यकता देखिएको छ ।