काठमाडौं । नेपाल स्टक एक्सचेन्जले एक जरुरी सूचना प्रकाशित गर्दै शेयर कारोबार आगामी पाँच दिनसम्म बन्द रहने जनाएको छ । भोलि मंगलबार बजार बन्द नै हुने हुँदा आजदेखि लागू भएको पाँच दिन शेयर कारोबार स्थगनको निर्णय अनुसार चैत्र १८ गते मात्रै बजार खुल्नेछ ।
नेप्सेका उपप्रबन्धक प्रविन पन्दाले जारी गरेको सूचनामा धितोपत्र बोर्डले हिजो पठाएको पत्र अनुसार आगामी पाँच कारोबार दिन शेयर कारोबार बन्द हुने जनाइएका हो ।
बोर्डले सो अवधीमा शेयर कारोबारको राफसाफ हुने जनाएको छ । नेप्सेको कार्यालय भने खुल्ला हुनेछ । नेप्सेको सोही सुचना बमोजिम आज शेयर कारोबार भएको छैन ।
कोरोनाको कारण शेयर कारोबारमा लगातार गिरावट आएपछि आइतबारदेखि नै बजार बन्द गर्नेबारेमा सेबोन, नेप्से र लगानीकर्ताबीच सहमति भएको भएपनि सेबोनको पत्र प्राप्त नभएपछि नेप्सेले आइतबार कारोबार सुचारु गरेको थियो ।