काठमाडौं । एक साताअघि काठमाडौंमा उत्रिएकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट आएकी एक युवतीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरे ।
स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत्र ४ गते काठमाडौंस्थित विमानस्थलमा उत्रिएकी युवतीमा कोरोनाको संक्रमण देखिएको जनाएको छ । ति युवतीको टेकुस्थित प्रयोगशालामा परिक्षणको क्रममा कोरोना पुष्टि भएको हो ।
उनी होम क्वारेन्टाईनमा रहेकाले कोरोना धेरै नफैलिएको अनुमान गरिएको छ । उनको परिचय गोप्य राखिएको छ । उनीसँगै जहाजमा को को आएका थिए र उनीहरु कहाँ कहाँ घुमे भन्ने कुरा खोज्ने सरकारले जनाएको छ ।
७ अघि नेपाल आएकी उनलाई फ्रान्समै कोरोना लागेको अनुमान गरिएको छ । कोरोना लागेपनि उनको अवस्था बिग्रिसकेको छैन । ति युवतीबाट कति जनामा कोरोना सर्यो भनेर सरकारले उच्च सतर्कता अपनाउने जनाएको छ ।