काठमाडौं । नेपालले दुवैतर्फका छिमेकीसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । विश्वभर कोरोना भाइरसको महामारी फैलिइरहेको बेला बसेको मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरेपछि आइतबार पहिलो पटक मन्त्रिपरिषदको बैठक बसेको हो । मन्त्रिपरिषदको बैठकले कोराना भाइरसबाट नेपाललाई मुक्त राख्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गरेको छ ।