काठमाडौं । देशका झण्डै छ लाख भन्दा बढि कर्मचारीहरुको कोषको लागि स्थापना भएको कर्मचारी सञ्चय कोष भोलिदेखि चैत्र २१ गतेसम्म बन्द हुने भएको छ ।
लाखौं कर्मचारीहरुको बचत रहेको कोष आपतकालिन सेवा अन्तर्गत नरहेकाले भोलिबाट बन्द गर्ने जनाएको हो । कोषको पुल्चोक ललितपुर शाखा चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने कर्जा प्रवाह र बचत सङ्कलन (आर्थिक कारोवार) बन्द गर्ने निर्णय गरिएको सरकारी संचार माध्यम राससले जनाएको छ ।