काठमाडौं । सिद्धार्थ बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युटबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका हुन् ।
बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा २० प्रतिशत सम्मको छुट र बैंकका ग्राहकवर्गहरुले सेवा लिंदा १५प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।