काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण गरेको छ । समिट एयरको ‘९ एन एएमजी’ कल साइनको विमान एउटा इन्जिन फेल भएपछि रामेछापमा अवतरण गरेको हो ।
चालक दलसहित १८ जना यात्रु बोकेको जहाजको इन्जिनमा समस्या आएपछि रामेछापमा अवतरण गरेको समिट एयरले जनाएको छ । उक्त विमान बिहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो ।