IME Life

जीवन बीमा शुल्क संकलन प्रभावित, कोरोनाको असर बीमामा देखिन थाल्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा क्षेत्रमा कोरोनाको असर पर्न थालेकोे छ । जीवन बीमा शुल्क संकलनमा गिरावट आएर जीवन बीमाको प्रिमियम संकलनमा असर परेको नेपाल जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बताए ।

पाण्डेका अनुसार अधिकांश बीमा कम्पनीको चैत्र महिनामा जीवन बीमाको प्रिमियम घटेकोे छ । बीमाको प्रिमियम संकलनमा ठूलो ह्रास आएको छ । अध्यक्ष पाण्डेले जीवन बीमाको प्रियिम भन्दा पनि मानिसको स्वास्थ्य ठूलो कुरा हुन्छ, जीवन बीमा शुल्क संकलन गर्न जाने अवस्था समेत नभएको बताए ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरु जसरी पनि खुल्ला राख्ने रणनीतिमा बीमा कम्पनीहरु रहेका छन् । बीमाको प्रिमियम संकलन तथा कर्जा लिन चाहनेहरुलाई ऋण उपलब्ध गराउन पनि कार्यालयहरु खुल्लै रहने बताए ।
सरकारले नै लकडाउन गरेकाले बीमा अभिकर्ताहरु बीमित समक्ष पुग्ने अवस्था नभए पनि आलोपालो गरेरै भएपनि कार्यालय सञ्चालन गरिने अध्यक्ष पाण्डेले बताए ।

नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफमा समेत बीमा शुल्क आर्जनमा सामान्य प्रभाव परेको छ । नेपाल लाईफका प्रबक्ता सन्तोष प्रसाईले संकटकालिन अवस्थामा बीमा भन्दा पनि मानिसले आफ्नो सुरक्षा गर्ने हुँदा बीमा शुल्क संकलन केही प्रभावित भएको बताए । मानव जातिकै लागि संकट उत्पन्न भएपछि बीमाको व्यवसाय घट्नु सामान्य हुने बताए । नेशनल लाईफका नेपाल प्रथम अवार्ड बिजेता भइसकेका एजेन्सी म्यानेजर शंकर लामिछाने ‘अशान्त’ ले कोरोनाको कारण बीमा व्यवसायमा धक्का पुगेको बताए ।

उनले भने, ‘चैत्र महिना लागेपछि बीमा शुल्क संकलनमा ठूलो धक्का पुगेको छ । नयाँ बीमा नगन्य हुन पुगेको छ । अभिकर्ताहरुलाई घरदैलोमा जान समस्या छ । पाहुना हुन नजाने र पाहुना पनि नबोलाउने भन्ने माहौलका कारण बीमा अभिकर्ता परिचालित हुने अवस्था छैन ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS