IME Life

बीमा अभिकर्ता र सर्भेयरको नविकरण गर्ने म्याद थप गर्न माग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर फैलिदै गरेको कोरोनाको कारण नेपालमा पनि सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आह्वान गरेको छ । चौतर्फी आतंकको बीच पेशागत अभिकर्ता संघले अभिकर्ताको लाईसेन्स नविकरण गर्ने म्याद निलम्वन गर्न माग गरेको छ । बीमा ऐनमा प्रत्येक वर्षको चैत्र महिनाभित्रमा बीमा अभिकर्ताको लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था छ ।

संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा अभिकर्ता तथा सर्भेयर सबैको म्याद कोरोनाको आतंक सकिएको घोषणा गरेको मितिले तीन महिनासम्म थप गर्नुपर्ने बताए । उनले सरकारले नै घरबाट बाहिर ननिस्कन भनेपछि बीमा समितिले सरकारको भावना बुझेर दुवै प्रकारको अभिकर्ता तथा सर्भेयरको म्याद थप हुनुपर्ने बताए ।

Prabhu
Crest

उता, बीमा समितिले भने सो सम्बन्धमा कुनै छलफल नभएको बताएको छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले भने, ‘बीमा ऐन र नियमावलीमै नविकरण गर्ने म्याद स्पष्ट रुपमा उल्लेख छ । सो सम्बन्धमा बीमा समितिको बैठकमै छलफल पश्चात ठोस निर्णय हुनसक्छ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS