IME Life

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, अमेरिका समेत आतंकित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाको महामारी अझै फैलने क्रममा छ । विश्वका विकसित भनिएका देशहरु समेत आतंकित हुने गरी फैलिइरहेको कोरोनाको प्रकोपबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाले तीन महिना नपुग्दै विश्वका १७७ देशमा फैलिएर झण्डै साढे दुई लाखलाई संक्रमित बनाइसकेको छ ।

दैनिक रुपमा फैलिने क्रममा रहेको कोरोनाकै कारण युरोप र अमेरिकाको अर्थतन्त्र टाट उल्टिने अवस्थामा पुगेको छ । हवाई कम्पनीले आफ्ना सयौं जहाजहरु ग्राउण्डेड गर्न बाध्य भएका छन् । विश्वभर करोडौं मानिसहरु बेरोजगार भएका छन् । विश्व अर्थव्यवस्थामा उथलपुथल ल्याउने कोरोना भाइरसबाट अमेरिका समेत आतंकित बन्न पुगेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो राष्ट्रको नाममा सम्बोधन गर्दै अमेरिका कोरोनाविरुद्धको युद्धमा सबै प्रकारका उपाय अवलम्वन गरेर अघि बढिरहेको बताए । उनले त्यसो भनिरहँदा उनको अनुहारमा कुनै साहस झल्किएको थिएन, बरु निराश, हताश र अत्तालिएको रुपमा प्रस्तुत भएका थिए ।

Prabhu
Crest

कतिपयले राष्ट्रपति डोनाल्ड ट्रम्प अत्तालिएको रुपमा समेत अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा चर्चा गरेका छन् । विश्वका विकसित भनिएका देशहरुले समेत कोरोना नियन्त्रण गर्न असफल भएपछि तेस्रो विश्व, दक्षिण एसिया तथा अफ्रिकामा अवस्था भयावह हुनेसक्ने चेतावनी दिइएको छ । कोरोना फैलिसकेपछि नियन्त्रण निकै कठिन भएकोले सन्देश अमेरिका र युरोपले दिइरहँदा भारतले भने आगामी आइतबार जनता कफ्र्यु लगाउने घोषणा गरेको छ । आइतबार कोही पनि मानिस घरबाट बाहिर निस्कन पाउने छैनन् । विश्वका अभिकांश देशमा विद्यालयहरु बन्द गरिएको छ भने केही स्थानमा शेयर कारोबार समेत स्थगित गरिएको छ ।

नेपालमा पनि सरकारले कोरोनाविरुद्धमा लड्न विद्यालय तथा कलेजहरु बन्द गरेको छ भने फिल्म हल तथा नाईट क्लवहरु बन्द गरिसकेको छ । आगामी साता शेयर कारोबार स्थगन गर्ने तयारी भइरहेको छ भने सरकारले २५ जना भन्दा बढि भेला नहुन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS