काठमाडौं । नेपालको आजसम्म कोरोना नआए पनि कोरोनाको गम्भिर असर अर्थतन्त्रमा देखिएको छ । कोरोनाको कारण पर्यटकन नआएपछि बौद्धस्थित पाँच तारे होटल हायात आजबाट बन्द भएको छ । सो ब्यवस्थापनले डेढ महिनाका लागि होटल बन्द गर्ने निर्णय गरेको हो ।
कोरोनाका कारण सरकारले २५ जना भन्दा बढि भेला नहुन भनेपछि सयौं कर्मचारी काम गर्ने होटल बन्द गर्ने निर्णय गरिएको हो । होटलका सबै कोठाहरु रित्तो भएपछि सञ्चालनक लागत घटाउन बन्द गर्ने निर्णय गरिएको होटल व्यवस्थापनले जनाएको छ ।
उता, सोल्टी होटल समेत अबको केही दिनभित्रैमा बन्द गर्ने तयारी गरिएको जनाइएको छ ।