काठमाडौं । सिद्धार्थ बैंक र त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटलबीच सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौता भएको छ।सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र ब्लूक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १२ प्रतिशत सम्मको छुट र ग्राहकहरु तथा कर्मचारीका सदस्यहरुले सेवा लिंदा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्।