काठमाडौं । बिहीबार सुन प्रतितोला १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार बुधवार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य १५ सय रुपैयाँले घटेर आज प्रतितोला छापावाला सुन प्रतितोला ७५ हजार रुपैयामा कारोबार भईरहेको जनाएको छ ।
तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी अघिल्लो दिनको तुलनामा ३० रुपैयाँले घटेर प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भईरहेको मंहासघले जनाएको छ।