काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।चैत २० गते हुने साधारण सभाका लागि बैंकले चैत ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
जसका लागि बिहिबार सम्म कायक रहेको शेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत आर्थिक बर्षको नाफाबाछ शेयधनीलाई १७ दशमलव १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको सभा, होटल होलिडे होम विर्तामोड, झापामा हुने भएको छ । बोनस वितरणपछि कायम चुक्ता पुँजीबाट बैंकले ३० प्रतिशत हकप्रद सेयरनिष्कासन गर्ने प्रस्ताव पनि सभामा हुने भएको छ । उक्त प्रस्ताव पारित भएमा कुल २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको हकप्रद सेयर जारी हुनेछ । साथै सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिने सम्बन्धी बिषय र संचालक समितिलाई अख्तियारी दिने प्रस्तावमा समेत छलफल हुने भएको छ।