काठमाडौं । मुटुमा समस्या देखिएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज साँझ बासबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका छन् । अस्पताल सूत्रका अनुसार मुटुमा अस्वाभाविक पीडा भएपछि आज साँझ उनी अस्पताल पुगेका थिए । चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि भर्ना गरिएको हो ।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले चिकित्सकले थप उपचार गर्नुपर्ने भएपछि अस्पताल भर्ना गराएका छन् । उनको अवस्था सामान्य रहेको उनी निकट समाजवादी पार्टीका एक कार्यकर्ताले जानकारी दिए । बुधबार साँझ एकाएक मुटुमा समस्या देखिएपछि भट्टराई अस्पताल पुगेको बताइएको छ ।