काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको सञ्चालक समितिमा राष्ट्रिय बाणिज्य बैंकका सिईओ नियुक्त भएका छन् । अर्थमन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बीमा समितिको सञ्चालकमा नियुक्त गरेको जनाएका छन् ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले श्रेष्ठ नयाँ सञ्चालकको रुपमा नियुक्त भएको जानकारी दिए । गत फागुन १८ गतेको मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई समितिमा सहभागी गराइएको बीमा समितिले जनाएको छ ।
भावी गभर्नरको रुपमा चर्चामा रहेका श्रेष्ठलाई बीमा समितिको सञ्चालकको रुपमा नियुक्त गरिएको हो ।