काठमाडौं । साताको चौथौ दिन नेप्से १६ दशमलव २६ अंकले घटेर १,२५५ दशमलव ८० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७२ कम्पनीको ३४ लाख ८३ हजार २ सय २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।
ट्रेडिङ क्षेत्रको सूचक बाहेक अन्य समूहहरुको सूचकमा गिरावट छाएको छ ।सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ८ करोड ३३ लाख र एनएमबी बैंकको ५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छ भने कालिका पावरका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।