काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशेसियसनको बार्षिक साधारणसभा चैत २१ गते पोखरामा हुने भएको छ । एशोसिएसनकोे फागुन २० गते बसेको कार्य समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभामा गत आर्थिक बर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने निर्णय अघि बढाउने भएको छ। साथै सभामा चालु आर्थिक बर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको विधान संशोधन गर्ने लगायतका विषयहरुमा छलफल हुनेछ ।