काठमाडौं । पहेलो धातु सुनको मूल्य आज एक हजार रुपैयाँ प्रतितोलाको दरले बढेको छ । एकाएक १० हजार रुपैयाँ भन्दा बढिले बढेको सुनको मूल्य गत फागुन २८ गतेदेखि निरन्तर घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार रुपैयाँले बढेर प्रतितोला ७६५०० रुपैयाँ कायम भएको छ । हिजो ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै २२ क्यारेटको तेजावी सुनको मूल्य ७६ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ भने चाँदी प्रतितोला ७१० रुपैयाँ तोकिएको छ । सुनको मूल्यमा भारी उतार चढाव आएपनि चाँदीको मूल्यमा भने खासै तलमाथि भएको छैन ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार सिंगापुरमा सुनको मूल्य प्रतिग्राम ७०.३२ सिंगापुर डलर रहेकोमा बुधबार सामान्य अंकले घटेर ७०.२८ सिंगापुर डलर तोकिएको छ । कोरोनाको महामारीसँगै विश्व बजारमा पहेलो धातु सुनको मूल्यमा समेत निरन्तर लागिरहेको छ ।