काठमाडौं । सिद्धार्थ बैंकले १० प्रतिशत लाभांश शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।असोज २८ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । साथै असोज २८ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामा जम्मा भइरहेको बैंकले जनाएको छ ।
बैंकको कात्तिक ७ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर कर प्रयोजनार्थ १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले नगद लाभांश यस अघि नै सेयरधनीको खातामा पठाइसकेको छ ।