Connect IPS
IME Life

भावी गभर्नरको रुपमा चर्चामा रहेका शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले गभर्नर बन्न योग्यता पुगेका तथा डेपुटी गभर्नरको रुपमा कार्यरत रहेका चिन्तामणि शिवाकोटीलाई नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी सुम्पिएको छ । आजैबाट पदावधि सकिएर बाहिरिएका गभर्नर डा. चिरञ्जीवी नेपालको ठाउँमा नयाँ गभर्नर नियुक्त गर्न नसकेपछि डुपेटी गभर्नरलाई नै कामु गभर्नरको जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यको कारण गत सोमबार मन्त्रिपरिषदको बैठक बस्न नसकेपछि नयाँ गभर्नर नियुक्त गर्ने प्रक्रियामा ढिलाई भएको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा गभर्नरको पदावधी सकिनु एक महिना अघि नै नयाँ गभर्नर नियुक्ती गर्नुपर्नेछ भन्ने स्पष्ट उल्लेख छ ।

Prabhu
Crest

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार नै कामु गभर्नरको जिम्मेवारी तोकेर पत्र दिएका छन् । शिवाकोटीको नाम भावी गभर्नरको रुपमा समेत चर्चामा छ । सरकारले यसअघि पनि कामु गभर्नरबाट राष्ट्र बैंक चलाएको उदाहरण छ ।

सरकारले गभर्नर पद रिक्त हुन नदिन कामु गभर्नरलाई जिम्मेवारी दिएको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारण नयाँ गभर्नर नियुक्तीमा केही ढिलाई हुनसक्ने बताइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS