Connect IPS
IME Life

पुनर्बीमा कम्पनीको आईपिओमा पहिलो दिन ४२ करोड ८० लाख रुपैयाँको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आजदेखि खुल्ला गरेको आईपिओमा मंगलबार साँझसम्म ४२ करोड ८० लाख रुपैयाँको आवेदन परेको छ ।

एक करोड ६० लाख कित्ताका लागि खुल्ला गरेको आवेदनका लागि पहिलो दिन साँझ १७ः२५ बजेसम्मको तथ्याङ्क अनुसार २७ हजार ३६० जना आवेदकले ४२ करोड ८० लाख २९ हजार रुपैयाँको आवेदन भरेको आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । उक्त संख्या अझै बढ्नेछ । मेरो सेयरको सफ्टवयरमार्फत २४ सै घण्टा आवेदन भर्न सकिने हुँदा यो समाचार तयार गर्दाको तथ्याङ्कमा बृद्धि हुनेछ ।

Prabhu
Crest

पहिलो दिनमा नै झण्डै एक लाख जनाले आवेदन दिने विश्वास गरिएको भएपनि जम्मा २७ हजार जनाले आवेदन दिएका हुन् । अनलाईनबाट भर्न मिल्ने मेरो शेयरमा समस्या आएका कारण आज आवेदन भर्नेको संख्या थोरै मात्र भएको कम्पनीले जनाएको छ । विहान शेयरमा आवेदन खुलेदेखि नै मेरो शेयरको साईटमा ट्राफिक जाम भई समस्या उत्पन्न भएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीको आईपिओमा करिब १५ देखि २० लाख सम्मले आवेदन पर्ने विश्वास गरिएको छ । डिम्याट खाता १६ लाख छ भने दोहोरोपना हटाउँदा र नयाँ खाता खुल्दा उक्त संख्यामा आवेदन पर्ने अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS