काठमाडौं । दिव्य लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा चैत १७ गते डाकेको छ । कम्पनीले अमृतभोग, डिल्लीबजार, काठमाडौंमा सभा डाकेको हो । फागुन २० गते बसेका कम्पनीको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभामा दिव्य लघुवित्त, एनआरएन लघुवित्त र किसान लघुवित्त एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रस्ताव पारित गर्ने, भएको छ। साथै सभामा अन्य प्रस्तावमा तीन ओटै कम्पनी एक आपसमा गाभिने सम्बन्धमा सम्पन्न समझदारी पत्र र सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन तथा सो सम्बन्धमा गठित मर्जर कमिटी, संयुक्त मर्जर कमिटी र सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने लगायतका विषयहरु रहेका छन् ।