काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले कुल पुँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो ।
जसमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ५ प्रतिशत ले हुन आउने ८ लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५ सय कित्ताको लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् । जसमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्रि प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिंङ रहेको छ। कम्पनीको आइपीओ निष्काशन बन्द हुने अवधि छिटोमा चैत ७ गते र ढिलोमा चैत १८ गते हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपश्चात् कम्पनीकने चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।