IME Life

कोरोनाबाट मृत्यु हुनेको संख्या ७१०० नाघ्यो, १६२ देशमा संक्रमितको संख्या झण्डै दुई लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिदै गरेको कोरोना (कोभिड–१९) भाइरसबाट मर्नेहरुको संख्या सात हजार दुई सय नजिक अर्थात ७१६५ (आज विहान ८ः०० बजेसम्मको तथ्याङ्क) पुगेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभरका १६२ देशमा कोरोना फैलिइसकेको छ । विश्वभर संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । जसअनुसार झण्डै ८० हजार मानिसहरु निको समेत भएका छन् भने ८७ हजार मानिस अझै कोरोना संग संघर्ष गरिरहेका छन् । कोरोनाको उद्गम स्थल चीनमा घट्दो क्रममा रहेको छ भने इटाली, स्पेन र बेलायतमा बढ्दो क्रममा रहेको छ ।

Prabhu
Crest

विश्व स्वास्थ्य संगठनले कोरोनाको लागि केवल ‘टेष्ट’ नीति अख्तियार गर्न आह्वान गरेको छ भने विश्वभर उच्च सतकर्ताका बीच हरेक दिन नयाँ नयाँ शहरहरुमा फैलिने क्रममा छ ।

विश्वका अति विकसित भनिएका देशहरु चीन, जापान, अमेरिका, जर्मनी, बेलायतमा समेत कोरोनाले प्रकोपको रुप लिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भगवानको शरणमा परेर ट्वीट गरेका छन् । उनले भूतहरुका कारण कोरोना फैलिएको समेत बताएका छन् ।

त्यस्तै, छिमेकी मुलुक भारतमा समेत कोरोना रोगीहरु देखिने क्रम जारी छ भने अफ्रिकी मुलुकहरुमा समेत कोरोना पुग्ने क्रममा रहेको देखिएको छ । नेपालमा भने हालसम्म कोरोनाका रोगी छैनन् । एक जनामा रोग देखिएकोमा निको भएर घर फर्किसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS