काठमाडौं । साताको दोस्रो दिन नेप्से ३ दशमलव ३५ अंकले बढेर १,३१६ दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ८० कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
होटल, उत्पादनमूलक र म्युचल फन्ड बाहेक अन्य समूहक सूचकमा हरीयाली छाएको छ । बजारमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १५ करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको १२ करोड ८१ लाख र एनएमबी बैंकको ९ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सिभिल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छ भने युनिलिभर नेपालको लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।