काठमाडौं । सिभिल बैंकले काठमाण्डौको टोखामा नयाँ शाखा विस्तार गरेको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाट्न गरेका हुन् ।
सोही अवसरमा बैकले टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन हस्तान्तरण गरेको बैंकले जनाएको छ। । सो डस्टविन सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरेको थियो ।