Connect IPS
IME Life

६० घण्टाभित्रैमा गभर्नर नियुक्ती गर्ने दवावमा सरकार, आजै छनौट समिति बनाउने तयारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २८ मा गभर्नर नियुक्तीका लागि बहालवाला गभर्नरको पदावधी सकिनु एक महिना अघि नै प्रक्रिया सुरु गरी सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने उल्लेख छ । तर, वर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालको पदावधी सकिन अब मात्रै ६० घण्टा बाँकी छ । तर, अझै गभर्नर नियुक्तीको प्रक्रिया भने शून्य अवस्थामा छ । नयाँ गभर्नर नियुक्तीका लागि सरकारले आजै छनौट समिति गठन गर्ने तयारी सुरु गरेको छ । अर्थमन्त्रालय सूत्रका अनुसार आजै छनौट समिति गठन गरी फास्ट ट्रयाकबाट नै गभर्नर छनौट गर्ने योजनामा अघि बढाइएको हो ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंक ऐनको दफाहरुमा टेकेर चैत्र ६ गते नै नयाँ गभर्नरको रुपमा हाजिर गराउन कति सम्भव छ ? कानुनी रुपमा बहस हुनसक्छ । तर, अड्को फड्को तेलको धुप भने झै सरकारले चाहेको अवस्थामा भने सम्भव बनाउन सक्छ । पहिलो सबैभन्दा बाटो वर्तमान गभर्नरकै पदावधी पाँच वर्षका लागि थप गर्नसक्ने ऐनमा छ । जुन सम्भावना छैन, गर्भनर डा. नेपाल कांग्रेस निकटका हुन् ।

अर्को फास्ट ट्रयाकमार्फत नियुक्त । सरकारले सोही बाटो समात्ने सम्भावना छ । सम्भवतः आजै बस्ने मन्त्रिपरिषदको बैठकले गभर्नर छनौट समिति गठन गर्नेछ । उक्त समितिले फास्ट ट्रयाकबाट काम गर्ने, समिति बैठक पनि आजै बस्ने, नाम संकलन गर्ने तथा बुधबारभित्रमा समितिले सम्भावित तीन जना उम्मेदवारको नाम नाम सरकारलाई सिफारिस गर्ने । सरकारले बिहिवार विहान सूचना प्रकाशन गर्ने र बिहिवार नै बस्ने मन्त्रिपरिषदले निर्णय गरेर नयाँ गभर्नर नियुक्ती गरी सोही दिन शपथ ग्रहण गराउने ।

अर्थमन्त्रालयका केही सूत्रहरुले दोस्रो विकल्पको तयारी भइरहेको जनाएको छ । यद्यपि प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यका कारण आजै यस्तो निर्णय हुन्छ वा हुन्न भन्ने विषयमा अहिले नै यसै भन्न सकिने अवस्था भने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS