काठमाडौं । नेपाल इन्स्योरेन्स लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।बैंकले सभा प्रयोजनको लागि चैत ४ गतेबाट २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसबापत चैत तीन गतेसम्म कायम रहेको शेयरधनीले कम्पनीले प्रस्ताव गरेको ७ दशमलव ८९ प्रतिशत लाभांश पाउनेछन् । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले चैत २१ गते ७१ औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले लगानीकर्तालाई ७.८९ प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभा एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा हुने भएको छ ।