काठमाडौं । साताको पहिले दिन नेप्से ६४ दशमलव १४ अंकले घटेर १,३१३ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७४ कम्पनीको ५५ लाख ७० हजार ३० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबार सुरु भएदेखि निरन्तर रुपमा ओरालो लागेको बजारमा कारोबारमा आएका सबै समूह सूचक राताम्मे भएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह ३२१ दशमलव ८८ अंकले घटेको छ । त्यस्तै निर्जिवन बीमाको समूह ४१६ दशमलव ७३ अंकले ओरालो लागेका छन् ।
बजारमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १७ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ११ करोड ४६ लाख र एनएमबी बैंकको १० करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
युनाईटेड मोदी हाईड्रोपवारको लगानीकर्ताले ० दशमलव ९७ दरले कमाएको छ भने समुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।