Connect IPS
IME Life

यूनियन लाइफद्धारा ३१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको नारायणगढ शाखा कार्यालयले बीमित नविन बानियाँको परिवारलाई ३१ लाख ३५ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । १५ लाख रुपैयाँको जीवन बीमा गरेका उनले सवारी दुर्घटनामा मृत्युवरण गरेपछि कम्पनीले घरमै पुगेर मृत्यु बीमा दावी बापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीको नारायणगढ शाखा कार्यालय अन्तर्गत जीवन बीमा गरेका नबिन बानियाँको नारायणगढ मुग्लिङ सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि कम्पनीले बीमा दावी बापतको रकम निजका आश्रित परिवारलाई हस्तान्तरण गरेको होे ।

Prabhu
Crest

कम्पनीका प्रादेशिक कार्यालयका उपप्रमुख ईन्द्रराज सुवेदीले शनिबार मृत्युदावी वापतको चेक रकम मृतकी पत्नी सरस्वती खत्रीलाई उनकै घरमा पुगेर हस्तान्तरण गरेका छन् ।

सो मृत्युदाबी भुक्तानी वापतको रकम हस्तान्तरण गर्दै प्रादेशिक कार्यालय उप-प्रमुख सुवेदीले प्राथमिताका साथ छिटो–छरितो रुपमा दावी भुक्तानी उपलब्ध गराउने कम्पनीको नीति रहेको र सोही नीति अनुरुप पीडित बीमितको घरैमा पुगेर दावी भुक्तानी गर्ने गरेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS