काठमाडौं । राष्ट्रिय बीमा संस्थानकोे काठमाण्डौमा आयोजित शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष गंगा राम कँडेलले उद्घाटन गरेको उक्त गोष्ठीको संचालन संस्थानका सह व्यवस्थापक शुलक्षणा पण्डितले गरेको थियो ।
गोष्ठीमा नायव महाप्रवन्धक महेश रिमालले संस्थानको उपलव्धी र भावी रणनीतिबारे प्रकाश पारेको थियो भने, शाखा कार्यालयका प्रवन्धकहरुले आ–आफ्नो शाखाको बर्तमान स्थिति र भावी कार्यक्रमहरु प्रस्तुत गरेको थियो ।
संस्थानका प्रशासक कवि प्रसाद पाठकलेशाखा कार्यालयका प्रवन्धकहरुले उठाएका समस्याहरुको सम्भव भए सम्म समाधान गर्दै जाने र प्रवन्धकहरुले पनि संस्थानको व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न अझ बढी मेहनत गर्नुपर्ने सुझाव दिएका छन् ।