काठमाडौं । देव विकास बैंकले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट ८.५५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको गत फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७५।०७६ को सञ्चालन मुनाफाबाट २७ लाख १६ हजार ४२१.२९ कित्ता शेयर बोनश बापत शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले गत आवको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको जनाएको छ । बैंकको साधारणसभाको मिति र बुक क्लोज मिति तोकिएको छैन ।