IME Life

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ हजार नजिक, विश्वभर करोडौं मानिस बेरोजगार

SPIL
NIC ASIA new
Sanima Reliance

एजेन्सीहरु । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसबाट मर्नेहरुको संख्या छ हजार नजिक पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना रोग अहिले युरोप, अमेरिका, बेलायत र एसियाको इरानमा उत्पात मच्चाइरहेको छ । चीनले दुई महिना लामाो कठिन संघर्षपछि नियन्त्रणमा ल्याउने क्रममा छ ।

विश्वभरबाट संकलन गरिएको तथ्याङ्क अनुसार यो समाचार तयार गर्दा आइतबार विहान ७ः३० बजेसम्म पाँच हजार ८३५ जनाको मृत्यु भएको छ । त्यस्तै ७५ हजार ९२२ जना निको भएर घर फर्केका छन् भने ७४ हजार ७७७ जना अझै कोरोना रोगसँग संघर्ष गरिरहेका छन् । ति सबैको आइसोलेशनमा बसेर उपचार भइरहेको छ ।

Prabhu
Crest

उता, कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रमा गम्भिर धक्का लाग्न पुगेको छ । विश्वभरका करोडौं मानिसहरु बेरोजगार हुन पुगेका छन् हवाई कम्पनीहरुले कर्मचारी कटौति अभियान सुरु गरेका छन् । कोरोनाको कारण विश्व अर्थतन्त्रमा गम्भिर धक्का पुगेपछि उपभोगको मात्रा समेत घटेको छ ।

युरोपका दुई देश इटाली र स्पेनमा कफ्र्यु (लक डाउन) जारी गरिएको छ भने अमेरिकाकामा संकटकाल घोषणा गरिएको छ । यतिबेला युरोप र अमेरिकाका लाखौं उद्योगहरु बन्द गरिएका छ ।

शेयर बजारमा आएको उच्च गिरावटसँगै विश्वका खर्बपतिहरु रातारात सडकमा आउने त्रास बढेको छ । यसैबीच, माईक्रोसफ्टका संस्थापक विल गेट्सले सो कम्पनीबाट राजिनामा दिएका छन् । त्यस्तै सुनको मूल्यमा उच्च गिरावट आएको छ भने कच्चा तेलको मूल्य २० औं शताब्दीमा फर्किसकेको छ ।

नेपाल भने कोरोना रोग मुक्त देश बनेको छ । हालसम्म जम्मा एक जनामा कारोना देखिएकोमा ति व्यक्ति निको भएर घर फर्किसकेका छन्, भने अन्यमाा देखिएको छैन । छिमेकी मुलुक भारतमा १०० जनामा कोरोना देखिएको छ भने दुई जनाको मृत्यु भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS