Connect IPS
IME Life

एनआईसी एसिया बैंकद्वारा ३८ लाख बीमा दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंकले प्रदेश ५ अन्तर्गतका विभिन्न शाखाहरुमार्फत झण्डै ३८ लाख अर्थात ३७ लाख ९८ हजार ७५९ रुपैयाँ बीमा दावी भुक्तानी गरेको जनाएको छ ।

एनआईसी एशिया बैंकले सेवाग्राहीलाई प्रदान गरेको बचत खातामा बीमा सुविधा अन्त्र्गत प्रदेश नं ५ विभिन्न शाखा कार्यालयमार्फत सो रकम बीमा दावी भुक्तानी दिएको जनाएको छ । बैंकले बचत खाता खोल्ने सेवाग्राहीलाई औधषोपचार बीमा सुविधा प्रदान गरेको थियो । सो क्रममा घातक रोग, दुर्घटना बीमा तथा स्वास्थ्य उपचार बीमा बापत सो रकम हस्तान्तरण गरेको जनाएको छ ।

Prabhu
Crest

बैंकका प्रदेश प्रमुख तिलक सुन्दर कार्कीका अनुसार बैंकले आफ्ना खातावाललाई औषधी उपचार बीमा दावी अन्तर्गत ३८ जनालाई १७ लाख दुई हजार ५ सय ४७ रुपियाँ भुक्तानी गरेको छ भने घातक रोग अन्तर्गत एकजनालाई १५ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ । त्यस्तै, बैंकमा खाता खोलेको व्यक्ति दुर्घटनामा परेपछि दुर्घटना बीमा अन्तर्गत ५ जनालाई ५ लाख ९६ हजार दुई सय १२ रुपियाँ भुक्तानी गरेको छ ।

घातक रोगको सिकार भएका बुद्धिराम भुसाललाई बैंकले १५ लाख रुपियाँ बीमा दावी भुक्तानी गरेको छ । उनले एनआईसी एसिया बैंकमा चमत्कारिक डायमण्ड खाता खोलेका थिए । बैंकले उक्त खाता खोल्ने प्रत्येक व्यक्तिलाई घातक रोग बीमा सुविधा दिएको छ । बैंकले सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोल्ने १८ जना, सुपर चमत्कारिक तलव बचत खाता खोल्ने १५ जना, चमत्कारिक तलव बचत खाता खोल्ने ५ जना, चमत्कारिक बचत खाता डायमण्ड खोल्ने ३ जना, सुपर चमत्कारिक नारी बचत खाता खोल्ने २ जना र न्यू प्रिमियम समुन्नत बचत खाता खोल्ने एक जनासहित ४४ जना ग्राहकलाई बीमा दावी भुक्तानी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रदेश ५ प्रमुृख कार्कीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS