IME Life

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, मुस्कुराउँदै गाडी चढेर बालुवाटार फर्किए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १२ दिनको अस्पताल बसाईपछि आज साँझ निवासमा फर्केका छन् । दोस्रो पटक मृगौला प्रत्यारोपणको लागि अघिल्लो साताको सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली आरोग्य लाभ गरेपछि शुक्रबार साँझ डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो रहेकोले डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी प्रमुख डा. प्रेमकृष्ण खड्गाले पत्रकारहरुलाई बताए ।

Prabhu
Crest

प्रधानमन्त्री आली आफै गाडी चढेर बालुवाटार फर्केका छन् । साथै उनले गाडी चढ्नुअघि हात हल्लाएर मुसुक्कै हाँस्दै आफू स्वस्थ्य रहेको सन्देश दिएका छन् ।

गत साताको बुधबार सफल शल्यक्रियापछि १० दिनमै प्रधानमन्त्री ओली घर फर्कने गरी डिस्चार्ज भएका हुन् । यद्यपि अझै संक्रमणबाट जोगाउन भेटघाट तथा सार्वजनिक कार्यक्रममा सहभागी हुन भने पाउने छैनन् ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । मृगौला दाता संग्रौला पनि डिस्चार्ज भइसकेकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS