काठमाडौं । नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच ब्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता नेपाल बैंकमार्फत कार्यान्वयन गर्ने गरी ब्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको बैंकले जनाएको छ ।
सम्झौतापत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुंगाना र नेपाल बैंकका तर्फबाट बैंकका बागमती प्रदेश प्रमुख सुन्दर पन्थीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार चालु आर्थिक वर्षमा नीलकण्ठ नगरपालिकाका २ सय ८० उद्यमीले प्रत्यक्ष लाभ लिने छन् । सम्झौता लागू भएसँगै उद्यामीले नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट कर्जा प्राप्त गर्नेछन् ।