Connect IPS
IME Life

५० लाखसम्मको कर्जामा कर चुक्ता नमाग्न राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर सम्बन्धी झन्झट नदिई ५० लाख सम्मको कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज सबै बैंकहरुलाई पठाएको निर्देशनमा ५० लाखको सीमाभित्र ऋण लिने ऋणीसँग कर चुक्ता प्रमाणपत्र नमाग्न भनेको छ ।

केहीदिन पहिले चालु आवको लागि जारी गरेको मौीद्रक नीतकिो अर्धवार्षिक समिक्षामार्फत ५० लाखसम्मको कर चुक्ता नमाग्ने व्यवस्थालाई बैंकले कार्यान्वयनमा ल्याएको हो । अब कुनै पनि फर्म तथा कम्पनीलाई ५० लाखसम्मको कर्जा प्रवाह गर्दा करचुक्ता चाहिने छैन । दुई करोड रुपैयाँभन्दा धेरैको कर्जा प्रवाह गर्दा भने अनिवार्य रुपमा करचुक्ता लिनुपर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।

Prabhu
Crest

नयाँ व्यवस्था अनुसार ५० लाखदेखि २ करोडसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान नवीकरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

नयाँ व्यवस्था अनुसार नै केन्द्रीय बैंकले ५० लाखदेखि २ करोडसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान नवीकरण गर्न निर्देशन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS