काठमाडौं । एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुपबीच रेमिट्यान्स सेवाका सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गर्ने नेपालीले लिगलबाट रकम पठाएर बैंकको एनआईसी एसिया रेमिटमार्फत् रकम भुक्तानी सक्नेछन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ ।
साथै लिगल रेमिटमार्फत् अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहने उनीहरुका आफन्तहरु वा अन्य व्यक्तिले बैंकका मुलुकभर छरिएका ३ सय १९ वटा शाखा, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ इकाइ तथा ९ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् ।