IME Life

बाँकेमा बससँग अटो ठोक्किदा एकको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

कोहलपुरमा यात्रुबाहक बससँग अटो ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सार्वजनिक यातायातका साधन ठोक्किएकोले सो घटनाको बीमा दावी पर्ने भएको छ । कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि बिहीबार बिहान भएको सो दुर्घटनामा नौ जना घाइते भएका छन् ।

Prabhu
Crest

राजमार्गमा यात्रु लिएर हिडिरहेको भे१ह १६५३ नम्वरको अटो रिक्सा भे१ख२१२९ नम्वरको बससँग ठोक्किदा अटोरिक्सा सडकबाट निकै परसम्म उछिट्टिएको थियो । दुर्घटनामा अटो चालक जयबहादुर रोकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनापछि बस चालक कोहलपुर नगरपालिका–११ का विवेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा नौ जनाको उपचार खर्च तथा एक जनाको मृत्यु बीमा दावी तथा अटोमा पुगेको क्षतिपूर्ति रकम सम्बन्धीत बसको बीमा गरेको कम्पनीले व्यहोर्नुपर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS